सुनको मूल्य स्थिर, चाँदीको घट्यो


 


काठमाडौं, फागुन १५ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहीमा मूल्यमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्