विस्फोटक प्लान्ट किन्दै सेना


 


काठमाडौं, पुस १३
नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ प्रयाप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ ।

प्लान्ट खरिदका लागि नेपाली सेना कल्याणकारी कोष र उद्योग मन्त्रालयले एलसीसमेत खोलिसकेका छन् ।

रक्षामन्त्री बालकृष्ण खाँडले विस्फोटक पदार्थमा थप आत्मनिर्भर हुन थप लगानी आवश्यक भएको भन्दै सरकारले यसका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्ने बताएको समाचार आजको अन्नपूर्ण पोष्टमा दैनिकमा छ ।

प्रकाशित मिति: १३ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्