अख्तियारले डामेका र आयोगले पोलेकाहरुलाई घर पठाइदिऔंं : गगन थापा


 


काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउनुपर्ने माग गरेको छन् ।

आज ९सोमबार० प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।

‘सभामुखको आसनको दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’ सांसद थापाले भने ।

उनले सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि घरै पठाइदिएर अनुसन्धान गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्