संसदको अर्को बैठक पनि अवरुद्ध पार्ने अध्यक्ष लिङ्देनको चेतावनी


 


काठमाडौँ, फागुन १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या समाधान नभए संसदको आगामी बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको माग सम्बोधन नगरे आफूहरु संसद र सडक दुवैतर्फ संघर्ष चर्काउने चेतावनी दिएका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्