व्यापारीबाट ३१ मोबाइल र रकम लिएको आरोपमा दुई जना प्रहरी पक्राउ


 


जनकपुरधाम, फागुन १४ । व्यापारीलाई ठगेको आरोपमा दुई जिल्ला प्रहरी कार्यालय धनुषाका दुई बहालवाला प्रहरी पक्राउ परेका छन् ।

ब्यापारीबाट मोबाइल र पैसा ठगेको आरोपमा महोत्तरी गाउँपालिका(५ घर भएका ३४ वर्षीय प्रहरी सहायक हवल्दार दिपेन्द्रकुमार राज र सुनसरीको देवानगंज गाउँपालिका(२ घर भएका २१ वर्षीय प्रहरी जवान रोशनकुमार यादव पक्राउ परेका हुन् ।

उनीहरू दुबै जनाले आपराधिक लाभ लिने नियतले पीडितबाट विभिन्न कम्पनीका ३१ वटा मोबाइल लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

ती मोबाइल फिर्ता गर्नका लागि पीडितबाट उनीहरूले दुई लाख रुपैयाँ समेत लिएको र मोबाइल फिर्ता पनि नगरेको भन्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

एसपी महतोका अनुसार ती फोन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित रहेको अन्जनी माई कुट्टीको उत्तरतर्फ एक झाडीमा ब्याग भित्र फेला परेको थियो ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्