सुनको मूल्य सामान्य घट्यो


 


काठमाडौं, फागुन १४ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्