सन नेपाल लाइफको बोनस सेयर घोषणा


 


काठमाडौं, फागुन १३ । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले सो बोनस सेयरका लागि आवश्यक १.२५२६ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

बोनस सेयर दिएपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर पनि निष्कासन गरिने भएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्