अमेजन जंगलमा भेटियो नयाँ प्रजातिको सर्प, अहिलेसम्मकै ठूलो !


 


ब्रिस्बेन । वैज्ञानिकहरूले अमेजनको जंगलमा सर्पको नयाँ प्रजाति भेटाएका छन् । जुन अहिलेसम्म पृथ्वीमा भेटिएको सबैभन्दा ठूलो सर्प हुनसक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल क्षेत्रमा यस अघि दस्ताबेजमा कतै उल्लेख नगरिएको हरियो एनाकोन्डा खोज्न गएका थिए ।

बाईहुआएरी वाओरानी क्षेत्रको बामेनो क्षेत्रमा सिकारीहरूसँग उक्त टोली १० दिनको अन्वेषणमा गएका थिए । उनीहरूले देखेको एउटा पोथी एनाकोन्डा ६.३ मिटर लामो थियो ।

सो क्षेत्रमा साढे ७ मिटर लामो र ५०० किलो तौल भएको एनाकोन्डा देखिएको भनेर आफूहरूले सुनेको टोलीले बताएको थियो ।

हरियो एनाकोन्डा संसारको सबैभन्दा ठूलो सर्प हुन् । मान्छेले देखेको भनेर रेकर्ड भएको अहिलेसम्म सबैभन्दा ठुलो एनाकोन्डा २२७ किलोको थियो । यो ८.४३ मिटर लामो र १.११ मिटर मोटो थियो ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्