सुनको मूल्य बढ्यो, कति छ तोलाको ?


 


काठमाडौं, फागुन १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्