कति छ विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ १ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्