भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट ल्यापटप चोरी


 


काठमाडौं, पुस १२

सिंहदरवारभित्र रहेका सरकारी कार्यालय भित्रबाटै ल्यापटप, आइफोनलगायतका सामग्रीहरू चोरी हुन थालेका छन् ।

मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एउटा ल्यापटप चोरी भएको छ ।

मन्त्रालयको कार्यालयबाट मन्त्रालयकी शाखा अधिकृत सुुस्मा श्रेष्ठको ल्यापटप चोरी भएको हो ।

उनले आफनो ल्यापटप चोरी भएको भन्दै पहरा गण सिंहदरवारमा उजुरी दिएकी प्रहरीले जानकारी दिएको छ ।

ल्यापटप चोरी भएको थाहा पाएपछि मंगलबार दिउँसो सिंहदरवार प्रवेश गर्ने मुख्य गेटमा सुरक्षा जाँच कडा पारिएको थियो ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्