भारतको मिसाइल परिक्षण प्रति चीनको गम्भीर चासो, यस्तो छ चीनको प्रतिक्रिया


 


एजेन्सी,
भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेकोमा चीनले गम्भीर चासो व्यक्त गरेको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले उक्त विषयमा चीनको गम्भिर चासो रहेको बताएकी छन् ।
‘चीन सधै दक्षिण एसियामा शान्ति र सम्वृद्धिको पक्षमा रहेको र चीनले सधैं यस क्षेत्रको स्थायित्वका लागि काम गर्न चाहेको उनको भनाई छ ।

विदेश मन्त्रालयकी प्रवक्ता चुनिङले प्रश्न गरिन्, ‘हामीले समाचारहरु सुनेका छौं के भारतले चीनको विरुद्धमा मिसाइल परीक्षण गरेको हो ? यस विषयमा भारतलाई मिसाइल परीक्षण गर्नुको उद्देश्य के हो ? भनेर सञ्चारकर्मीहरुले सोध्नुपर्छ ।’

उनले चीन र भारतबीच आपसी विवाद नरहेको प्रष्ट पार्दै भनिन्, ‘हाम्रो पक्षबाट भन्नुपर्दा चीन र भारत आपसी शत्रु होइनन्, हामी आर्थिक विकासका उदाउँदो शक्तिका व्यवसायिक साझेदार हौं ।’ चीनले सधैं क्षेत्रीय विकासका लागि भारतसँग सहकार्य गरेर काम गर्न चाहेको उनको भनाइ थियो ।

‘ यस विषयमा सञ्चारकर्मीहरुले चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई प्रश्न गरेका थिए । यसको जवाफमा प्रवक्ता चुनिङले यस विषयमा सञ्चार माध्यमले सापेक्ष ढंगले समाचार संकलनसमेत गर्नुपर्ने बताइकी थिइन् ।

प्रकाशित मिति: १२ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्