युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौता


 


कीएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३÷०२८ सम्म ८.५ अर्ब यूरो (झण्डै ९.२ अर्ब अमेरिकी डलर) को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ ।

सम्झौता अनुसार सन् २०२४ मा १.८ अर्ब यूरो (झण्डै १.९५ अर्ब डलर) को सैन्य सहयोग प्रदान हुनेछ ।

डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्नेछ । रासस/सिन्ह्वा

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्