तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री


 


काठमाडौँ, फागुन १२ । प्रधानमन्त्री एवम् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सिंहदरबार आयोजित पार्टीको संसदीय दलको बैठकमा बोल्दै सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी समेत गराए ।

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित समेत गरे ।

प्रकाशित मिति: १२ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्