बेलायती विदेश मन्त्रालयलाई ह्याक गर्न सक्ने चिनियाँ कम्पनीकाे दाबी


 


लन्डन । चीनको एउटा साइबर सुरक्षा कम्पनीले बेलायतको विदेश मन्त्रालय ह्याक गर्न सक्ने दाबी गरेको छ । चिनियाँ साइबर सुरक्षा कम्पनी आई–सूनबाट चुहिएका केही गोप्य कागजपत्रले यस्तो देखाएका हुन् । ती कागजपत्रमा बेलायती सरकारका निकायहरू, बौद्धिक संस्था, व्यवसाय र परोपकारी संस्थाहरूको नाम समेत भेटिएको छ ।

अन्य केही कागजपत्रहरूले भने एशिया र यूरोपभरका सरकारी निकाय र व्यवसायहरू सफलतापूर्वक ह्याक गरेको पनि देखाएको छ । ह्याकहरूले चोरेका डेटाहरूको दुरुपयोग गरेका छन् कि छैनन् भन्ने चाँहि अहिलेसम्म स्पष्ट हुन सकेको छैन । दस्ताबेजहरू चुहाउन व्यक्तिको पहिचान खुलेको छैन । चुहिएका दस्ताबेजहरूबारे आफू अनभिज्ञ रहेको चीनस्थित बेलायती दूतावासले बताएको छ ।

यस मामिलामा चिनियाँ प्रहरी र आई–सूनले छानबिन गरिरहेको बताइएको छ । आई–सून चीनको सेना, प्रहरी र सुरक्षा सेवाहरूलाई साइबर सुरक्षा दिने कयौं निजी कम्पनी मध्ये एक हो । चुहिएको दस्ताबेज ५७७ पृष्ठको छ । फेब्रुअरी १६ मा अनलाइन डेभलपर मञ्च गिटहबमा च्याट लग चुहाइएको थियो । चुहिएका दस्ताबेजहरू सक्कली जस्तै देखिएका तीन सुरक्षा अनुसन्धानकर्ताहरूले बीबीसीलाई भनेका थिए ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्