पौडी खेल्नेक्रममा डुबेर किशोरको मृत्यु


 


रूपन्देही, फागुन ११ । देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुबेर बिहीबार एक किशोरको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–४ सुनौलोनगर बस्ने पाल्पा रैनादेबी गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकसँगै पौडी खेल्न गएका ५ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्