बेलायत पठाइदिने भन्दै ७६ लाख ठगेको आरोपमा युवक पक्राउ
काठमाडौँ, फागुन ११ । बेलायत पठाइदिने भन्दै तीन जनाबाट ७६ लाख रुपैयाँ गठेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका ३६ वर्षीय युद्ध बहादुर केसी उर्फ पाण्डपलाई पक्राउ गरेको हो ।
सेसीले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी ९एसपी० रवीन्द्र रेग्मीले बताए । काठमाडौँ महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका थिए ।
प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार