माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


 


काठमाडौँ, फागुन ११ । माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको थियो ।

अब स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्