नेप्सेमा २० अंकको गिरावट, ३ अर्ब बढीको कारोबार


 


काठमाडौं, फागुन १० । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०।७६ अंकले घटेर दुई हजार ५ दशमलव ८३ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४९ वटाको बढेको छ भने १९७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१७६।३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको १४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्