चार थान भरूवा बन्दुक बरामद


 


रूकुमपूर्व, फागुन १० । पुथाउत्तरगंगा गाउँपालिकाबाट बुधबार दिउँसो प्रहरीले भरूवा बन्दुक ४ थान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय तक्सेराबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१३ ओख्मास्थित जंगलबाट भरूवा बन्दुक २ थान र सोही गाउँपालिका-१२ स्थित सल्लेरी जंगलबाट भरूवा बन्दुक २ थान फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्