जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


 


ईलाम, फागुन १० । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सूर्योदय नगरपालिका– बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्