सुनको मूल्य घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, फागुन १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्