आगो ताप्ने क्रममा जलेर बृद्वाकाे मृत्यु


 


महोत्तरी, फागुन ८ । सम्सी गाउँपालिका–१ बसवरिया टोलमा आगो ताप्ने क्रममा जलेर एक जनाकाे मृत्यु भएकाे छ ।

आगो ताप्ने क्रममा जलेर सोमबार बिहान जलेर बसवरिया टोलका ७० वर्षीया पूजा यादवको मृत्यु भएको हाे ।

आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्