आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ


 


सुनसरी, फागुन ८ । आफ्नै आमाको हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–११ कुविर्ताचोकका एक जना पक्राउ परेका छन् ।

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्