पोखराको बाल सुधार गृहमा झडप, तीन जना घाइते


 


पोखरा, फागुन ८ । पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ ।

पोखरा १८ ग्यारजातिमा रहेको बाल सुधार गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप तीन जना घाइते भएका छन् ।

सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन हुँदा झडप भएको प्रहरीले जनाएको छ । झडपका क्रममा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका छन् ।

उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्