किराना पसलमा चट्याङ खसेर आगलागी


 


अछाम, फागुन ८ । अछाममा एक किराना पसलमा चट्याङ परेर आगलागी भएको छ ।

जिल्लाको मल्लेख गाउँपालिका-६ को नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा सोमबार राति १० बजेतिर चट्याङ खसेर आगलागी भएको हो ।

आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्