पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु


 


बुटवल, फागुन ७ । रुपन्देहीको देव दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु२ख ५६१ नम्बरको टिपर जिल्लाको माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्