त्रिविको उपकुलपतिमा असफल व्यक्ति नियुक्ति हुने छाँटकाँट छ : ओली


 


काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल सिद्ध भइसकेको व्यक्ति नियुक्त हुनसक्ने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,
‘एउटा समिति बनाएर अहिले तीन जना सिफारिस गरिएको, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए ।

सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्