डीएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने पक्राउ


 


काठमाडौँ, फागुन ७ । डीएसपी हुँ भन्दै सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौँ चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् ।

एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौँको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियोमा उनले प्रहरीको डीएसपी हुँ भन्दै अपशब्द प्रयोग गरेको सुनिन्छ । गाडीमै सवार एक जना महिलाले दाइ(दाइ भनेर सम्बोधन गर्दा र चालकले तपाईँ भनेर सम्बोधन गर्दा पनि प्रविण श्रेष्ठले उनीहरुलाई अपशब्द प्रयोग गरेका थिए ।

उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्