अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु


 


काठमाडौँ, फागुन ७ । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिँदा शिवसताक्षी–८ की ९ वर्षीया शितल श्रेष्ठको मृत्यु भएको हो ।

अटोको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते छन् । शिवसताक्षी–८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका हुन् । उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्