सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, फागुन ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्