बर्तमान सरकारबाट विकास र समृद्धि सम्भव छैन : अध्यक्ष ओली


 


धनगढी, फागुन ६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार जनताप्र,उत्तरदाय,नभएको बताएका छन् ।

आइतबार घोडाघोडीको सुखडमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको भन्दै उनले विकास र समृद्धि सम्भव नभएको बताए।

सरकारले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाउँदै ओलीले गरिबलाई हेप्ने गरेको आरोप लगाए । क्वीन्टलका क्वीन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न नसकेर निरीह भएको उनले बताए ।

ओलीले सुन तस्करमा संलग्नलाई कारवाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको आरोप समेत लगाए । सरकारकै कारण मुलुक अहिलेको अवस्थामा पुगेको टिप्पणी ओलीको थियो ।

राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भएपनि संरक्षण गर्न वेवास्ता गरिएको बताउँदै उनले देशमा सुशासन नै नभएको उल्लेख गरे ।

आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए ।

यश अवसरमा अध्यक्ष ओलीले अधिवेशनबाट सक्षम र योग्य व्यक्तिलाई चयन गर्न प्रतिनिधिलाई आग्रह समेत गरे ।

उनले सर्वसम्मत वा लोकतान्त्रिक विधीबाट सक्षम नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्