बीपी प्रतिष्ठानको गेट भत्काउने दुईजना पक्राउ


 


काठमाडौं, फागुन ६ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ परेका छन् ।

नेकपा ९माओवादी केन्द्र० धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट डोजर लगाएर भत्काइएको थियो । घटनामा संलग्न डोजरका मालिक र अपरेटरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी गराएको छ ।

डोजरका मालिक प्रदीप क्षेत्री र अपरेटर उदिम खड्कालाई पक्राउ गरी म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको छ । उनीहरूलाई अदालतमा लैजाने क्रममा धरानमा केही बेर तनाव भएको थियो ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानअन्तर्गत प्रतिष्ठान प्रवेश गर्ने दक्षिण जंगलतर्फको पुरानो बाटोको गेट खोल्न माग गरिएको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्