भारतले गर्यो मिसाइलको सफल परिक्षण, चीन र युरोपसहित आधा विश्वलाई चुनौती


 


एजेन्सी पुस ११
भारतले अन्तरमहाद्वीपीय व्लाष्टिक मिसाइल अग्नी–५ को परीक्षण गर्न सफल भएको छ ।

५ हजार देखि ५५ सय किलोमिटर परसम्म मार हान्न सक्ने सो मिसाइलको सोमबार विहान उडिसास्थित अब्दुल कलाम द्वीपमा परिक्षण गरेको हो ।

सो मिसाइलले चीन युरोपसहित आधा विश्वलाई निसाना लगाउने सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय वैज्ञानिकहरुले निमार्ण गरेको अन्तर महाद्वीपीय व्लाष्टिक मिसाईल अग्नी–५ को यो चौथो परीक्षण हो ।

सोमबार परीक्षण गरिएको मिसाइलमा एक टन भन्दा बढी तौलको परमाणु हतियारलाई नष्ट गर्ने क्षमता रहेको जनाइएको छ ।
सो मिसाइल यानको लम्बाई १७ मिटर र वजन ५० टन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ११ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्