दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ७७ करोडको कारोबार


 


काठमाडौं, फागुन ६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २७.२१ अंकले घटेर दुई हजार ३४ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।

आज ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१ वटाको बढेको छ भने २२५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीहरुमा आज सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.२१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्