बाल्टीमा डुबेर बालिकाको मृत्यु


 


धनगढी, फागुन ६ । बाल्टीको पानीमा डुबेर कैलालीमा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोहीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।

सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएको अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्