समाजवादीको मोर्चाको संयोजक तोकिए विप्लव


 


काठमाडौँ, फागुन ६ । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । उनले मोर्चाको नेतृत्व अब विप्लवले बताए ।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितको चार दलीय मोर्चा बनाइएको छ । यी दलका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले मोर्चाको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्