एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा


 


काठमाडौँ, फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजिनामा मागेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सेचतक महेश बर्तौलाले मन्त्री ज्वालाको राजीनामा माग गर्नुभयो । उनले संसदमा विरोध जनाउँदै प्रधानमन्त्रीले बर्खास्त गर्नु भन्दा पनि संसदबाट नै हटाउने प्रकृया अगाडि बढाउन आग्रह गरे ।

सरकारले बनाएको आयोगले बालकुमारी घटनामा दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसकिने उनले बताए ।

मन्त्रीकै कारण बालकुमारीको घटनामा दुई युवाको मृत्यु हुनुको मुख्य दोषी मन्त्री ज्वाला नै रहेको भनि छानविन समितिको निश्कर्ष रहेको प्रतिवेदन पेश गरेको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्