सुनको मूल्य ताेलामा पाँच सय रुपैयाँ बढ्यो, कति पुग्याे ?


 


काठमाडौं, फागुन ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्