महोत्तरीको सुम्सीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ४ राउन्ड हवाइ फायर


 


जनकपुरधाम, फागुन ५ । महोत्तरीको सम्सी गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।

सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा नुरी मस्जिद नजिक दुई समुदायबीच झडप भएको हो ।

झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा तीन जना सामान्य घाइते भएका छन् ।

हिन्दु समुदायले निकालेको कलशयात्राका क्रममा मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको आरोप छ । तर कलश यात्राका आयोजकहरुले भने सो आरोप अस्विकार गरेको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्