प्रतिवेदनमा गठबन्धनको छाया देखियो : शेखर कोइराला


 


काठमाडौँ, फागुन ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया देखिएको बताएका छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा नेता कोइरालाले यस्तो बताएका हुन् । उनले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको बताए ।

बिहीबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठिनक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेश गरेका थिए ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता(कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ प्रस्तावमाथि टिप्पणी गर्दै कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो त्यो देखिएन ।’

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्