‘समृद्ध नेपाल : सुखी नेपाली’ नै समाजवाद स्थापना गर्ने विचारधारा : ओली


 


काठमाडौँ, फागुन ४ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपालस् सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताएका छन् ।

आज काठमाडौँमा पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताए ।

नेपालले गरिवीविरुद्धको लडार्इंमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुसी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको उनले बताए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्