रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु


 


धनगढी, फागुन ४ । बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका– ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेयको मृत्यु भएको हो ।

स्थानीकाय अनुसार पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापेको हो । शुक्रबार बिहान रुखले च्यापिएर घाइते उनलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रले मृत्य घोषणा गरेको इन्चार्ज प्रेमसागर भट्टले बताए ।

मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । उनी सिद्धेश्वर मावि पाटन–१ मेल्चोरामा कक्षा १० मा अध्ययरत थिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्