रसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, फागुन ४ । रसिया पठाइदिन्छु भन्दै १ लाख ६५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगडी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई काठमाडौं स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।

तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाई कन्स्ट्रक्सनमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्