सुन र चाँदीको मूल्य बढ्यो


 


काठमाडौं, फागुन ४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्