विमानस्थलबाट भारतीय रुपैयाँसहित टर्किस नागरिक पक्राउ


 


काठमाडौं, फागुन ३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिक पक्राउ परेका छन् ।

बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँलाईपक्राउ गरिएको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलले जानकारी दिए।

उनका अनुसार मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद गरिएको छ ।

बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए ।

पक्राउ परेका सबैलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्