कपडामा आइरन गर्दा करेन्ट लागेर युवकको मृत्यु


 


रौतहट, फागुन ३ । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिकामा कपडामा आइरन गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।

राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट करेन्ट लागेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहारको मृतयु भएको हो ।

करेन्ट लागेर अचेत भएका उनलाई लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।

मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नौ महिनाअघि मात्र विवाह ठाकुर बुबा आमाको एकमात्र छोरा हुन् । उनको निधनले सिङ्गो गाउँ नै शोकमग्न भएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्