राप्रपाले फागुन ९ गते ७४ जिल्लामा प्रदर्शन गर्ने


 


काठमाडौं, फागुन २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाडौंसहित देशका ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको छ ।

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई माग पत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्