बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ


 


काठमाडौँ, फागुन २ । बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् ।

बलात्कार आरोपमा प्रहरीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो ।

गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुर गरेको जाहेरी परेपछि गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक महिला कर्मचारीले गजमेरविरुद्ध आफूलाई करणी गरेको भन्दै जाहेरी दिएको बताइएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्