वुमेन्स प्रिमियर कप : कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक


 


काठमाडौं, फागुन २ । एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन् ।

सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन् ।

उनले ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबिडब्लूको धरापमा परिन् । अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन् ।

ओभरको चौथो बलमा कुवेतकि कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबिडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन् । उनले ह्याट्रिक पूरा गर्दा कुवेतले ५ विकेटको क्षतिमा ५४ रन जोडेको थियो ।

आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ ।

प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्